काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८–०७९ को बजेट सार्वजनिक गर्दै सुरक्षाकर्मीको रासन भत्ता बढाइएको बताएका हुन् ।
काठमाडौं । हरेक स्थानीय तहमा अग्नि नियन्त्रणका लागि दमकल राखिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै ७५३ वटै स्थानीय तहमा दमकल राखिने बताएका हुन् ।
पाल्पामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयावधि थप गरेको छ । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै यही जेठ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको हो ।
काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्यापएको छ । शनिबार आर्थिक वर्ष २०७८∕७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् ।
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर हासिल गर्न कठिन रहेको बताएका छन् । शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले ४.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसकिने बताएका हुन्।
काठमाडौं । अस्पतालको बजेट पहुँचवाला नेता र मन्त्रीका गृहजिल्लामा मात्रै केन्द्रित गरिएको भन्दै ओलोचना भएपछि सरकारले उपचारको विशेष उपकरणका लागि अन्य अस्पतालहरुमा पनि बजेट पठाउन थालेको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको निर्णय लत्याएर नीतिहीन गठबन्धनको भर्याङ चढेर सरकारमा जान खोज्नु अराजनीतिक र झेली काम भएको टिप्पणी गरेका छन् ।