काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
काठमाडौं । भारतको दिल्लीमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाइएको लकडाउन थप खुकुलो बन्ने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार लकडाउन थप खुकुलो बन्ने घोषणा गरेका हुन् ।
काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।
जुम्ला । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो ।
धनुषा । धनुषाको मुखियापट्टी मुसरनिया–६, लक्ष्मीनियासँगै पोखरीमा डुबेर ५ बालिकाको मृत्यु भएको छ । उनीहरुसँगै रहेको ३ जना बालकको ज्यान जोगिएको स्थानीय अरुण यादवले बताए ।