काठमाडौँ । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २३.८ प्रतिशतले बढेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११.१ प्रतिशतले बढेको थियो ।
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ ।
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
काठमाडौं । ट्यांकर चालकहरूले इन्धन ओसार–पसार नगर्ने भएका छन् । खोपको व्यवस्था नभएसम्मका लागि इन्धन ओसार–पसार कार्य स्थगित गरिएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले जानकारी दिए ।
मस्को । रुसमा पछिल्ला केही दिनयता कोरोना भाइरसका संक्रमतिहरु बढ्न थालेका छन् । शनिबारमात्रै १३ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । गएको २४ घन्टामा यति धेरै संक्रमित भेटिएका हुन् ।