काठमाडौं । अघिल्लो महिना अर्थात् २०७८ वैशाखमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.८९ प्रतिशतले बढ्दा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति भने ३.६५ प्रतिशत रहेको देखिएको छ ।
काठमाडौँ । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २३.८ प्रतिशतले बढेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११.१ प्रतिशतले बढेको थियो ।
संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी कार्यक्रम युनिसेफले इथियोपियाका टिगरे भन्ने स्थानका कम्तीमा पनि ३३ हजार बालबालिका कुपोषणका कारणले ज्यान जाने अवस्थामा पुगेका बताएको छ ।