रुसमा कोरोना भाइरसका संक्रमित बढ्दै |
मस्को । रुसमा पछिल्ला केही दिनयता कोरोना भाइरसका संक्रमतिहरु बढ्न थालेका छन् । शनिबारमात्रै १३ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । गएको २४ घन्टामा यति धेरै संक्रमित भेटिएका हुन् । यससँगै रुसमा संक्रमित संख्या करिब ५२ लाख पुगेको छ । रुसका अधिकारीहरुले ४ महिनापछि यति धेरै संक्रमित एकै दिन भेटिएको जनाएका छन् ।
यहाँका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले यही जुन २ तारिखदेखि कोरोना भाइरसका संक्रमितहरु थपिदै गएका बताएका छन् । यहाँ गर्मीयामको सुरुवातसँगै मानिसहरु ठूलो संख्यमा जमघट गर्न थालेकाले संक्रमण पनि बढ्न थालेको अधिकारीहरुले जनाएका छन् ।
कोरोना भाइरसका कारण रुसमा १ लाख २६ हजार जना भन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा मात्र यहाँका कम्तीमा ३९९ जनाको ज्यान गएको छ । रुसमा दोस्रो लहरको संक्रमण तीव्र रुपमा फैलिएको पनि बताएका छन् ।
रासस–सिन्ह्वा


