काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्वास्थ्य मन्त्रालयसमक्ष उद्यामी व्यवसायी, श्रमिक, कामदार र कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप लगाउन माग गरेको छ ।
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८∕०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरे ।
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोडले बचतमा रहेको थियो ।
काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६ गतेभन्दा अघि म्याद समाप्त भएका आयोजनाको म्याद एक वर्ष थप गर्न माग गरेको छ ।