गर्मीमा छालाको हेरचाह |
मौसम परिवर्तनसँगै छालामा पनि विभिन्न प्रकारका समस्या आइपर्छन् । यसकारण पनि मौसमअनुसार छालाको हेरचाहमा उत्तिकै होशियारी अपनाउनुपर्छ । गर्मीमा धूलो, धूवाँ, प्रदूषण एवम् चर्को घामको समस्या बढी हुन्छ । छालाको सौन्दर्य कायम राख्न यस्ता समस्याबाट जोगिनु आवश्यक हुन्छ ।

