सुगरपीडितले खान हुने पोषक तत्व |
स्टार्च (गुलियो)युक्त पदार्थको अधिक सेवन, व्यायामको अभाव, वंशानुगतलगायत कारणले मानिसलाई सुगर हुने गर्छ । सुगर हुनेबित्तिकै धेरै खानेकुरा खानहुन्न वा बेस्वादिलो खाना खानुपर्छ भन्ने छैन । केही कुरामा ध्यान दिन सके सुगर हुँदा पनि आफूलाई मन परेका खानेकुरा खान सकिन्छ । यदि तपाईं सुगरपीडित हुनुहुन्छ भने कसरी, के र कति खानुहुन्छ भन्ने विषय महत्वपूर्ण हुन्छ । डाइटिशियन तथा डायबिटिज विशेषज्ञका अनुसार सुगर हुँदा तपाईंले आफ्नो डाइट वा खानाको प्लान यसरी गर्न सक्नुहुन्छ ː
१. चिल्लो पदार्थ कम तथा फाइबर धेरै भएको खाना खानुहोस् ।
२. कृत्रिम गुलियो पदार्थ भएको सर्वतपानी पिउनुहोस् ।
३. चिनी भएको पेयपदार्थ, जस्तै– सोडा, इनर्जी ड्रिङ्स र चिनी राखेको चिया वा कफी नपिउनुहोस् ।
४. दैनिक जूस पिउने गर्नुभएको छ भने त्यसको मात्र आधा गिलासमात्र हुनु आवश्यक छ । खानासँगै यसलाई पिउने गर्नुहोस् । सुन्तला, अङ्गुर र स्याउको जुस पिउनु दाभदायक हुन्छ ।
५. गुलियो मिसाइएको खाद्यपदार्थ, जस्तै– चकलेट, केक, बिस्कुट आदि नखानुहोस् ।
६. दिनमा तीनपटक खाना खानुहोस् । खाना सधैं एकै समयमा खानुपर्छ ।
७. रक्सी, बियरजस्ता पेयपदार्थ नपिउनुहोस् ।
८. महँगा सुगरफ्री प्रडक्टको भूmठो दाबीको पछि नलाग्नुहोस् । डाक्टरसँगको सल्लाहमा मात्र यस्ता खानेकुरा किन्नुहोस् ।
Visited 1 times, 1 visit(s) today


