तिहार ː रङरोगन र बत्तीको उज्यालो पर्व |
नेपालमा ठूला चाडपर्व शुरू भएसँगै घर सजावट गर्ने क्रम पनि बढ्दै गएको छ । पर्वका बेला विशेषगरी घरको भित्री र बाहिरी भाग सजावट गर्ने कार्य विशेष प्राथमिकतामा परेको पाइन्छ । अहिले मानिसले घरकोठाको रङरोगन तथा सजावटलाई झनै महत्व दिन थालेका छन् ।

