काठमाडौं । हालै इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको बोइङ ७३७ म्याक्स विमान दुर्घटनापछि उक्त मोडेलको विमानमाथि विभिन्न देशहरूले उडानमा रोकलगाएसँगै अमेरिकी विमान निर्माता कम्पनी बोइङले पनि आफ्ना ७३७ म्याक्स मोडलका सबै जहाजको उडानमा रोक लगाएको छ ।