काठमाडौं । मंसिर १ गतेदेखि काठमाडौंमा बैंक, बीमा र पुँजीबजारसम्बन्धी प्रदर्शनी हुने भएको छ । बैंकिङ, बीमा र पुँजी बजार सम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले आयोजना हुने एक्स्पो २ दिनसम्म चल्नेछ ।
काठमाडौं । चौधरी ग्रुपले आफ्नो उत्पादन वाईवाई चाउचाउको प्रबद्र्धन गर्न कुनै पनि सामाजिक अभियानको साहयता आवस्यक नपर्ने र त्यसबारेमा कुनै योजना नरहेको प्रष्ट पारेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १० वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बागलुङ, बैतडी, म्याग्दी लगायत १० जिल्लामा बैंकले आफ्ना नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आरबीबी ईम्पावरमेन्ट एकेडेमी कार्यक्रमको सुरुवात गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नम्बर ३ का ३० जना युवालाई ३ दिने तालिम प्रदान गर्न उक्त कार्यक्रम सुरुवात गरेको हो ।
काठमाडौं । जनता बैंकले केन्द्रीय बहिरा क्याम्पस नक्साललाई आर्थिक सहयोग गरेको छ । बैंकले बिहबार आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त क्याम्पसलाइ १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
काठमाडौं । दराज एप ले नोबेम्बर ११ मा बिग सेल डे ‘११ दशमलब ११’ मेला गर्ने भएको छ । कम्पनीले वल्र्ड बिग सेल डे ११ बर्ष पुगेको अवसरमा बिशेष छुटका साथ यहि कात्तिक २५ गते बिगसेल मेलाको आयोजना गरेको हो ।
काठमाडौं । कतार एयरलाईन्स र भारतको ईन्डीगो एयरबीच कोडसेयर सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच आउने डिसेम्बर १८ देखि लागु हुनेगरी २ कम्पनीले कोड सेयर सम्झौता गरेका हुन ।
काठमाडौं । ज्योति विकास बैंक र राशी अटोमोबाईल्सबीच एक सम्झौता भएको छ । मंगलबार उक्त बैंक र कम्पनीबीच सहज कर्जा उपलब्ध गराउने उद्देष्यले उक्त सम्झौता भएको हो ।