मुक्तिनाथ विकास बैंकको नयाँ खाता योजना, ७ लाखको दुर्घटना मृत्यु बीमाको सुविधा |
काठमाडौं । मुुक्तिनाथ विकास बैंकले नयाँ खाता योजना ल्याएको छ। बैंकले ‘मुक्तिनाथ संस्थागत उपलब्धी खाता’ नामक चल्ती खाता र ‘मुक्तिनाथ व्यक्तिगत उपलब्धी’’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ ।
मुक्तिनाथ संस्थागत उपलब्धी खाता अन्तर्गत न्युनतम मौज्दात १ हजारमा कुनै पनि संस्थागत क्षेत्रमा काम गर्नेले खोल्न सक्नेछन् । यस खाता खोलेका संघरसंस्थाका सञ्चालक समितिका सदस्यहरु, साझेदार, प्रोइपाइटरहरुका लागि ७ लाखको दुर्घटना मृत्यू बीमा को सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको छ ।
मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खातामा बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा आकर्षक ब्याजदर (मासिक ब्याज भुक्तानी) तथा निːशुल्क इन्टरनेट बैकिङ्ग सुविधा लिन सकिने बैंकले जानकारी दिएको छ ।
मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत न्युनतम मौन्दात १ सयमा खोल्न सकिने छ । यसमा ७ लाखको दुर्घटना मृत्यू बीमा को सुविधा रहेको छ ।



