काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आईपीएसमार्फत पनि अनलाईन भुक्तानी गर्न सकिने भएको छ ।
काठमाडौं । नक्सालमा अवस्थित काठमाडौं मेरियट होटलले यस्तो महामारीको अवस्थामा सम्पूर्ण अतिथिहरु र कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न विशेष कदम चालेको छ । होटलले यस्तो स्थितिमा पनि कोरोना रहित विश्व बनाउन चौबीसै घण्टा काम गरिरहेका कर्मचारीहरुको प्रशंसा स्वरुप मुटु आकारको चिन्ह अंकित गरेको छ ।
काठमाडौं । विगत दुई दिनदेखि विभिन्न मिडियामा ‘नक्कली स्यानिटाइजर विक्री गर्ने पक्राउ’ भन्ने समाचार आइरहेकोमा हाम्रो कम्पनी नेपाल कायाकल्प उद्योगको गंभिर ध्यानाकर्षण भएको छ । समाचारमा जनाइए अनुसार कोही पनि पक्राउ नपरेको र सेनिटाइजर नक्कली नभएको जानकारी गराउँन चाहान्छौँ ।
काठमाडौं । जोन्टा क्लब अफ काडमाडौंले दैनिक ज्याला मजदुरहरुलाई खाद्यान्न प्याकेजहरु वितरण गरेर कोभिड—१९ संकटको सामना गर्न मद्दत गरिरहेको छ । उक्त प्याकेजमा चामल, दाल गेडागुडी, खाने तेल, चिउरा, नुन, चिनी र चियापत्ती रहेको छ ।
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) बाट सञ्चालनमा रहेका प्रणालीहरु मध्ये ईलेक्ट्रोनिक चेक क्लियरिङ्ग (NCHL-ECC) र अन्तरबैंक भुक्तानी प्रणाली (NCHL-IPS) मा विहीबार देखि लकडाउन पूर्वको अवस्था बमोजिमको समयसम्म क्लियरिङ्ग र सेटल्मेन्ट हुने भएको छ ।
काठमाडौं । वर्ल्ड रेमिट र अरविट रेमिटमार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहेका नेपालीहरूले अब बिना कुनै झन्झट घरमै बसेर एनआइसी एशिया बैङ्क तथा नेपालका अन्य जुनसुकै बैङ्क खातामा अनलाइन रकम जम्मा गर्न सक्नेछन् ।