जीपी फाउण्डेसनद्वारा फोटोपत्रकार महासंंघलाई प्रेस ज्याकेट सहयोग |
काठमाडौं । नेपाल फोटो पत्रकार महासंघलाई जीपी फाउण्डेसन नेपालले २ सय थान प्रेस ज्याकेट सहयोग स्वरूप उपलब्ध गराएको छ ।
फाउण्डेसनकी अध्यक्ष सुजाता कोईरालाले एक अनौपचारिक कार्यक्रमका बीच महासंघलाई प्रेस ज्याकेट हस्तान्तरण गरेकी हुन् । कोरोनाको अत्यधिक जोखिममा रहेका क्षेत्रमा कार्यरत फोटोपत्रकारहरूलाई लक्षितगरि प्रेस ज्याकेट हस्तान्तरण गरिएको हो ।
अध्यक्ष कोईरालाले फोटोपत्रकारहरूले सधै अग्रपंक्तिमा रहेर रिपोर्टिङ गर्नुपर्ने भएकाले फाउण्डेसनले प्रेस ज्याकेट सहयोग गरेको बताइन् । महासंघका अध्यक्ष ध्रुव आलेले कोरोना महामारीका कारण विभिन्न क्षेत्रमा लकडाउन र कर्फ्यु जारी भएकाले हालको अवस्थामा फिल्डमा अग्रपंक्तिमा रहेर रिपोर्टिङ गर्नुपर्ने फोटोपत्रकारलाई प्रेस ज्याकेटले ठूलो सहयोग पुग्ने भन्दै फाउण्डेसनलाई धन्यवाद दिए ।



