काठमाडौं । अभिनेत्री, सामाजिक कार्यकर्ता तथा उद्यमी श्वेता खड्काले अल्टिमोडिल अनलाइन शपिङ प्रा.लि.मा लगानी गरेकी छन् । २०१७ देखि सुरू भएको कम्पनी नेपालमा एक विश्वस्त इकमर्स व्यवसायका रूपमा देखा पर्दैछ। कम्पनीमा खड्काको इन्ट्री भएसँगै उनी बोर्ड अध्यक्षमा समेत चयन भएकी छन् ।