काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले कृषि तथा पशुपालन व्यवसाय प्रबर्दन तथा विकासमा टेवा पु¥याउने उद्देश्यका साथ १० करोडसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्न ‘व्यवसायीक कृषि तथा पशुपालन कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ ।
काठमाडौं । नेपाल–भारत फ्रेन्चाइज एक्स्पो सम्पन्न भएको छ । दुई देशबीच लगानी प्रविधि एवं व्यावसायिक मोडलहरू आकर्षित गर्ने उद्देश्यले पहिलोपटक भर्चुअलका माध्यमबाट नेपाल भारत फ्रेन्चाइज एक्सपो, अवार्ड र समिट आयोजना भएको थियो ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३१ पुगेको छ ।
काठमाडौं । चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैंक लिमिटेडबीच बैंकको केन्द्रीय कार्यालय काठमाडौँमा बुधबार दुई प्रतिशत ब्याजदरमा उपलब्ध हुने ‘सहुलियतपूर्ण कर्जा’का लागि सम्झौता भएको छ ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा कार्तिक १९ गतेदेखि नवलपरासीको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा २११ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।