काठमाडौं । इसेवा मनि ट्रान्सफर र हङकङको ख्याती प्राप्त रेमिट्यान्स् कम्पनी केएम्ई रेमिटेन्स बीच रेमिट्यान्स् सेवा शुरु भएको छ । यो सेवा सुरु भएपछि हङकङमा रहेका नेपालीहरुले के एम् ई रेमिट्यान्स्बाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सकिनेछ ।
काठमाण्डौं । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले कोभिड १९ को बावजुद ११.११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको छ । ११.११ सुरू भएको पहिलो घण्टा भित्र दराजले रु २.२२ करोडको बिक्री दर्ता गर्यो, जुन गत वर्षको भन्दा ६० प्रतिशतले बढि हो ।
काठमाडौं । यसपालिको तिहारमा अनलाइन किनमेलमा अनलाइन भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहन गर्न नेपाल क्लियरिङ हाउसले एनआइसी एसिया बैंकसँग सहकार्य गरेको छ ।
सुर्खेत । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिकास्थित वडा नं७ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सनराइज बैंकले बैंकले बागलुङमा १३९औं शाखा संचालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशको बागलुङ नगरपालिका वडा नं २ मा शाखा खोली संचालनमा ल्याएको हो ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्यूआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । इ–वाणिज्य कम्पनी युजी बजारले युजी बजार वेबसाइट लंच गरेको छ। कम्पनीले यो अवसरमा छुट योजना ल्याएको छ। नोभेम्बर ११ देखि ३० सम्म सामानमा छुट हुने कम्पनीको भनाइ छ ।