काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरेबापतको कसुरमा बुझाउनु पर्ने जरिवाना रकम अब कनेक्ट आईपीएस प्रणालीमार्फत भुक्तानी गर्न सकिने भएको छ । बैंक खाताबाट अनलाइन नै गर्न सकिने यस कार्यको महानगरीय ट्राफिक प्रहरी महाशाखाको एक विशेष कार्यक्रममार्फत आज शुभारम्भ गरिएको छ ।