काठमाडौं । प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने अभिप्रायले १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर उपलब्ध गराएको छ ।
काठमाडौं । विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप आक्रामक बनाउँदै न्यूनतम बार्षिक ८.७५% ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक गरेको छ ।
काठमाडौं । नेपाल बङ्गलादेश बैङ्कको चावहिल शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं. ७ स्थित चन्द्रविनायक पार्क व्यवस्थापन समाजमा रहेका तरकारी, फलफूल तथा कपडा पसलमा क्यूआर कोडको माध्यमद्वारा गरिने भुक्तानीको शुरुआत भएको छ ।
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले नायब महा–प्रबन्धक पदका लागि कर्मचारीको माग गरेको छ । फागुन ५ गते वित्तीय संस्थाले प्रकाशित गरेको सूचनामा जनाए अनुसार योग्यता पुगेका जो कसैले फागुन ११ गतेसम्म उक्त पदका लागि दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ ।