जीवन बिमा कम्पनीले पनि एनएफआरएसबाट वित्तीय विवरण प्रकाशित गर्नुपर्ने |
काठमाडौं । अबदेखि जीवन बिमा कम्पनीहरुले पनि वित्तीय विवरण बनाउँदा एनएफआरएस लागू गर्नुपर्ने भएको छ । वित्तीय विवरण बनाउँदा एनएफआरएस (नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड) अपनाउनु पर्ने भएको छ ।
बिमा समितिले जीवन बिमा व्यवसाय गर्ने कम्पनीहरुले एनएफआरएस वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको हो ।
समितिले एनएफआरएस निर्देशिका २०७७ समेत जारी गरिसकेको छ । निर्जीबन बिमा कम्पनी र पुन:बिमा कम्पनीले एनएफआरएस बाट वित्तिय विवरण प्रकाशित गर्न थालिसकेका छन् ।


