काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बीच नेपाल एसबिआई बैंकका भिसा डेबिड कार्ड बाहक ग्राहकलाई लक्षित गरी उक्त ग्रुपका १९ आउटलेटमा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
काठमाडौँ । विगत २३ बर्षदेखि नेपाली आकाशमा अनवरत उडान सेवा गर्दै आएको निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले काठमाडौँ–वनारस–काठमाडौँको आज परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलतापूर्वक सम्पन्न गरेको छ ।
काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गर्ने आफू पहिलो भएको बैंकले जनाएको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र टङ्गाल, काठमाडौं स्थित अलिव कबाव सुलतानेट रेस्टुरेन्ट बीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छुट दिने गरी उक्त सम्झौताको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित युनिग्लोव कलेजको आयोजनामा दुई दिने अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन सम्पन्न भएको छ । कलेजले सेमिभर्चुअल माध्यमबाट फागुन ४ र ५ गते सम्मेलन सम्पन्न गरेको हो ।
क्यूआर कोडको पुरा रुप क्विक रेस्पोन्स कोड हो । कोड राखिएका कुनै पनि किसिमको जानकारीमा विश्वसनीय र तीव्र गतिमा पहुँच दिने हुँदा यो आज हरेक वस्तु तथा सेवामा प्रयोग भइरहेको छ ।
काठमाडौँ । नयाँ वर्ष २०७८ लाई लक्षित गरेर सि.जीले उपहार योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकहरुले सिजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स सामान किन्दा १० वर्षसम्म वारेन्टी ५४ हजार दुई सयसम्मको बचत लगायत उपहारहरु छन् ।