भक्तपुरमा सूर्यविनायक हरित कृषि थोक बजार संचालनमा |
काठमाडौं । भक्तपुरको सूर्यविनायक आदर्श सिपाडेलमा सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालनमा आएको छ ।
उक्त बजार निर्माण २०७५ को फागुनदेखि सुरु गरिएको थियो। निर्माण सुरु भएको दुई वर्षपछि बजार सञ्चालनमा ल्याइएको हो । अरनिको राजमार्ग अन्र्तगत आदर्श वस विसौनीबाट दक्षिणको ३५ रोपनीको क्षेत्रमा यो बजार रहेको छ ।
कृषि बजार आधृनिक रुपमा बनाइएको छ। प्रवेशद्वार आउन र जाने दुई वटा छन्। जहाँ पार्किङको पनि व्यवस्था छ ।
कृषि बजारभित्रसम्म तरकारी पुर्याउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ ।
सोही बजारका अध्यक्ष राकेश प्रसाईले ३२ करोडको लगानीमा व्यवस्थित कृषि बजार सञ्चालनमा ल्याएको जानकारी दिए ।
अहिले अनौपचारिक रुपमा यो बजार सुरु गरिएको छ। वैशाखमा कृषि मन्त्रीबाट उद्धघाटन गरेर औपचारिक रुपमा सुरु गर्ने योजना रहेको उनले बताए । बजारभित्र सात सय ५० सय स्टलहरु छन् ।


