काठमाडौँ । राष्ट्रिय बीमा संस्थानले काठमाडौंको चाबहीलमा १७ औं र भक्तपुरको सूर्यविनायकमा १८ औं शाखा सञ्चालनमा ल्याएको छ । संस्थानको चाबहील शाखाको सोमबार काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष सुतकुमार डँगोल र संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले संयुक्त रुपमा उद्घाटन गरे ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजी पे प्रालिलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छ । २०७४ सालमा दर्ता भएको डिजी पेले नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदायकका रूपमा काम गर्ने गरि अनुमति पाएको हो ।
काठमाडौं । ललितपुर महानगरपालिकाले प्रिमिएर इन्टरनेसनल आईबी वर्ल्ड स्कुल सातदोबाटोलाई ‘क’ श्रेणीको विशेष सुविधायुक्त विशिष्ठ श्रेणीको विद्यालय सञ्चालन अनुमति प्रदान गरेको छ ।
काठमाडौं । वाटरएड नेपाल र कोका कोला फाउन्डेसनको सहयोगमा, एकीकृत शहरी विकास केन्द्रले आकाशे पानी सङ्कलन तथा भूमिगत जल पुन:भरण परियोजना नेपाली सेनाको राज दल गण हाताभित्र हस्तान्तरण गरेको छ ।
काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको कीर्तिपूर (पाङ्गा दोबाटो) मा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन् ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले गरे ।
काठमाडौं । पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) ले आफ्नो तेश्रो दिक्षान्त समारोह मनाएको छ । यहि फागुन १७ गते राजधानीस्थित होटेल काठमाडौँ म्यरिओट मा भव्यतासाथ कार्यक्रम आयोजना भयो । यो कलेज बेलायतस्थित प्रशिद्ध बेडफर्डशाईर विश्व विद्यालयसँग आवद्ध छ ।
काठमाडौँ । नबिल बैंकले सबै किसिमका ग्राहकहरुको आवश्यकता अनुसार सुहाउदो डिपोजिट खाताको बारे सर्वसाधारणलाई जानकारी प्रदान गर्नका लागि नबिल बैंकले एउटा भिडियो ल्याएको छ ।
काठमाण्डौ । संयुक्त राष्ट्रसंघ अन्तर्गत अन्तर्राष्ट्रिय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठनको महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय संस्था यूनिभर्सल पीस फेडेरेसनले य पाँचौं र्याली अफ होप भब्यताका साथ सम्पन्न गरेको छ ।