काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो सबै कार्यालयहरूको स्थान पहिचान गर्न सहज होस भन्ने अभिप्रायले गुगल प्लस कोड सार्वजनिक गरेको छ । यो कोड गुगल नक्सामा टाइप गरेमा सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न सकिन्छ ।
काठमाडौं । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी सञ्चालनको लागि हिमालयन रि इन्स्योरेन्सलाई अनुमति दिने भएको छ । समितिमा नयाँ पुनर्बीमा कम्पनी सञ्चालनको लागि आवेदन दिएका पाँच कम्पनी मध्ये हिमालयन रि लाई अनुमति दिने भएको हो ।
काठमाडौं । सरकारले पिउने पानी निर्यात गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ । निर्यात गर्ने निजी क्षेत्रलाई करमा छुट दिनेसम्मका योजना सरकारले बनाएको छ ।
काठमाडौं । सेवा इन्टरनेशनल युएसएले नेपालका लागि मेडिकल सामग्री हस्तान्तरण गरेको छ । कोरोना महामारीसँग जुध्न अति अवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पी.पी.ई. लगायत विभिन्न सामग्री सेवा इन्टरनेसनलले हस्तान्तरण गरेको हो ।
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विकास बैंकहरुले अधिकांश शाखा बन्द गरेका छन् । विकास बैंकहरुले कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई ध्यान दिँदै अधिकांश शाखाहरु बन्द गरेका हुन् ।