काठमाडौं । अस्पतालहरुमा राउण्ड टेबल नेपालले २५ लाख बराबरको उपकरण सहयोग गरेको छ । कोविड १९ ले सिर्जना गरेको यस विषम परिस्थितिमा संस्थाले ‘प्रोजेक्ट लाइफ लाइन’ सुरु गरेको छ ।
काठमाडौं । नेपालको पहिलो सीपीभीसी पाइप्सर फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिजले काेराेनाबाट मृत्यु भएका कर्मचारीका परिवारलाई कर्मचारीको १२ महिनाको तलब उपलब्ध गराउने भएको छ ।
दोहा । कतार एयरवेजले आगामी जुन १ देखि आफ्ना चार साप्ताहिक एटलान्टा उडानहरू पुनः सुरूवात गर्दैछ । जसले उक्त नेटवर्कमा हवाई गन्तव्य संख्या १२ पुुग्नेछ, कोभिड–१९ महामारी अघिको संख्याभन्दा दुई बढी ।
काठमाडौं । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट पाइने भएको छ ।
काठमाडौं । आर्थिक वर्ष २०७८ को फागुन महिनासम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ११.० प्रतिशतले वृद्धि भई ४१ खर्ब ६० अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा प्रवाह १७.५ प्रतिशतले वृद्धि भई ३८ खर्ब ४६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कोभिड-१९ को दोश्रो लहरबाट प्रभावित अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई अछामको साँफेफेबगरमा कोभिड-१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ ।
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले कोभिड निको भइसकेकाहरुको स्वास्थ्यमा आउनसक्ने समस्या र त्यसबाट हुनसक्ने जोखिमलाई मध्यनजर गरी पोस्ट कोभिड क्लिनिकको सुरुवात गरेको छ ।