जाडो तथा गर्मीलाई हुने बाल्ट्राको इन्भटर एसी बजारमा |
काठमाडौं । इलेक्ट्रोनिक्स तथा होम एप्लाएन्स कम्पनी बाल्ट्राले ‘हिटिङ–कुलिङ’ दुवै सुविधा भएको एयर कन्डिस्नर नेपाली बजारमा ल्याएको छ ।
कम्पनीका मार्केटिङ म्यानेजर सम्बित सौरवका अनुसार यो एयर कन्डिस्नर गर्मी र जाडो दुवै मौसमका लागि हुनेगरी बजारमा ल्याइएको हो ।
‘यो एसीको चिसोमा बस्दा ज्यान दुख्ने, टाउको दुख्ने समस्या आउँदैन । साथै वातावरणमैत्री छ,’ सौरवले भने, ‘नाम इन्भटर एसी भएपनि यो बिजुली र इन्भटर दुवैबाट चल्ने एसी हो ।’
५० हजारदेखि १ लाख ५० हजार मूल्यमा उपलब्ध यो एसीमा कम्पनीले २ वर्ष र ५ वर्षको वारेन्टी दिएको छ ।
यो एसीमा ४० प्रतिशत बिजुली बचत हुने सौरवले बताए ।


