काठमाडौँ । काठमाडौँको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा बि्रटिस मान्यता परिषद (ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता पाएको छ ।
काठमाडौं । नेपालमा चुनावी अभियान व्यवस्थापन (इलेक्सन म्यानेजमेन्ट)को व्यवसायिक सुरुवात भएको छ । करिव एक वर्षदेखि कम्पनी स्थापना गरेर आन्तरिक अभ्यास तथा गृह कार्यमा रहेको युवाहरुको एक समुहले नेपालमै पहिलो पटक इलेक्सन म्यानेजमेन्टको व्यावसायिक सुरुवात गरेको हो ।
काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले ‘स्टार्टअप अवार्ड’ आयोजना गर्ने भएको छ । मञ्चको काठमाडौं च्याप्टरले नेपाली युवा उद्यमी मञ्च काठमाडौं स्टार्टअप अवार्ड आयोजना गर्ने घोषणा गरेको हो ।
काठमाडौँ । नेबिको बिस्कुटले आफ्नो ५७औं स्थापना दिवस मनाएको छ । सन् १९६४ मा स्थापना भएको कम्पनीले स्थापना दिवसको अवसर पारेर काठमाडौंको बालाजु र गौरीघाटमा फ्याक्ट्री संचालनमा ल्याएको छ ।
धनगढी । कर्मचारी सञ्चय कोषबाट सुदुरपश्चिम क्षेत्रका १ हजार ४ सय ३६ जनाले सामाजिक सुरक्षा सुविधा लिएका छन् । धनगढीमा रहेको कोषको शाखा कार्यालयले आ.व. २०७७÷०७८ को अवधिमा सामाजिक सुरक्षा शीर्षकमा १ करोड ८० लाख प्रवाह गरेको हो ।
काठमाडौं । बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर–भैरहवा उडान शुरुवात गर्ने भएको छ । कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले हप्तामा आइतबार, बुधबार र शुक्रबार दिउँसो १२ः५५ बजे तीन उडान गर्न लागेको जानकारी दिए ।