कपोकल्पित र भ्रामक समाचार प्रकाशन नगर्न सेन्चुरी बैंकको अनुरोध |
काठमाडौं । भ्रामक र कपोकल्पित समाचार प्रकाशन गरेको भन्दै सेन्चुरी बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बैंकले एक बिज्ञप्ति जारी गर्दै केही अनलाईन समाचार माध्यमहरुले संचालक तथा सम्बन्धित व्यक्तिको विरुद्ध भ्रामक समाचार प्रकाशन गरेको भन्दै आपत्ति जनाएको छ ।
बैंकले बारेमा समाचार सम्पेषण गर्दा आवश्यक जानकारी लिइ तथ्य सत्यको आधारमा समाचार प्रकाशित गर्न बैंकले आग्रह गरेको छ ।


