काठमाडौं । एन आई सी एशिया बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ ।
काठमाडौं । खल्तीमा दर्ता गरिएको मोबाइल नम्बर टपअपमा १०% क्यास ब्याक पाइने अफर खल्ती डिजिटल वालेट ले ल्याएको छ । यो अफर टपअप सेवामा हालसम्म नेपाल कै सबै भन्दा बढी प्रदान गरिएको क्यास ब्याक रहेको खल्तीले दावी गरेको छ ।
काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुमा इसेवामार्फत भुक्तानी गर्दा ३०० सम्मको छुट पाइने भएको छ । फुडमाण्डु र मोबाइल वालेट इसेवा बीच छुटबारे सहकार्य भएको छ ।
काठमाडौं । ताप्लेजुङ्गको साविक थुकिमा, लिङतेप एवं खाम्लुङ्ग गाविस (हालको मेरिङदेन गाँउपालिका) मा निर्माण हुने युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैैंक इन्टरनेसनलको अगुवाईमा लगानी जुटेको छ ।
काठमाडौं । कोरोना महामारीको दोस्रो प्रकोपसँगै बन्द हुनपुगेको धुलिखेल जिपलाइन तीन महिना पछि पुनः सञ्चालनमा आएको छ । आज साउन ८ गते, शुक्रबारदेखि औपचारिक रुपमै जिपलाइन सेवा सुरु गरिएको वर्डवाइड एड्भेन्जर प्रालिले जनाएको हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुले वार्षिक अनिवार्य बिदा लिंदा कम्तिमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी विदा लिनुपर्ने व्यवस्था बैंकले गरेको छ ।
काठमाडौं । रेष्टुरेन्ट व्यवसायीले खानाको कच्चा पदार्थमा पूर्णरुपमा स्वदेशी उत्पादन र कृषि उपज प्रयोग गर्ने भन्दै रेष्टुरेन्टमा सरकारले लिने भ्याट समेत हटाउन माग गरेका छन् ।
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले साउन ८ गते देखि कर्पोरेट पे सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ । उक्त सुविधाको प्रयोग गर्दै ग्राहकले रकम ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, राजश्व भुक्तानी तथा अन्य भुक्तानीहरु गर्न सक्नेछन ।
काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक हो ।