काठमाडौँ । सुनचाँदको आपूर्ति व्यवस्था सहज वनाउन ब्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेका छन् । बजारमा सुनचाँदको आपूर्ति व्यवस्था प्रभावकारी वन्न नसकेकोले ब्यवसायीहरुलाई परम्परागत ब्यवसाय सञ्चालन गर्न नै धौ धौ परेको भन्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् ।