काठमाडौं । नेपालमा चुनावी अभियान व्यवस्थापन (इलेक्सन म्यानेजमेन्ट)को व्यवसायिक सुरुवात भएको छ । करिव एक वर्षदेखि कम्पनी स्थापना गरेर आन्तरिक अभ्यास तथा गृह कार्यमा रहेको युवाहरुको एक समुहले नेपालमै पहिलो पटक इलेक्सन म्यानेजमेन्टको व्यावसायिक सुरुवात गरेको हो ।