सोम्मेट एजुकेसनको भारत प्रवेश, इण्डियन स्कुल अफ हस्पिटालिटीसँग साझेदारी |
गुरुग्राम, भारत । सोम्मेट एजुकेसन पहिलो पटक भारत प्रवेश गरेको छ । हस्पिटालिटी शिक्षामा आफ्नो अग्रणी सञ्जाल विस्तार गर्ने अर्को पाइलाका रूपमा सोम्मेटले इण्डियन स्कुल अफ हस्पिटालिटीसँग रणनीतिक साझेदारी गरेको हो ।
हस्पिटालिटी क्षेत्रका अनुभवी व्यक्तित्व दिलिप पुरी लगायत अन्य प्रमुख साझेदारद्वारा स्थापित सोम्मेट एजुकेसनले भारतमा पनि आफ्नो सेवा विस्तार गरेको हो ।
यससँगै सोम्मेट एजुकेसन भारतमा रहेका आफ्ना दुई प्रतिष्ठित संस्थाहरु: एकोल डुकास्से, कुलिनरी र पेस्ट्री कलाका लागि विश्वव्यापी शैक्षिक सन्दर्भ, र लेस रोचेस, विश्वका अग्रणी हस्पिटालिटी बिजिनेस स्कुलहरूमध्येको एकका विकासमा समर्थन गर्दछ ।
सो अवसरमा सोम्मेट एजुकेसनका प्रमुख कार्यकारी अधिकृत बेनोइत एटिएन डोमेनगेटले भने“सोम्मेट एजुकेसनले हस्पिटालिटी र पाककला शिक्षाको विश्वव्यापी अग्रणी संजाललाई आकार दिने र विकास गर्ने काम गर्दैछ । यस कार्यले हामीलाई त्यस्ता देशहरुमा उपस्थित हुन मार्गप्रसस्त गर्दैछ जुन देशहरुमा हस्पिटालिटी र सम्बन्धित क्षेत्रहरुको बिकासले आर्थिक गतिशिलता कायम गर्न मुख्य भूमिका खेल्दछ ।”
हस्पिटालिटी र सेवाका क्षेत्रहरुको बिस्तारका निम्ति भविष्यका नेतृत्वहरुको आवश्यकता पर्दछ जो भारत तथा बाहिरी मुलुकहरुमा विश्वव्यापी अवसर सदुपयोग गर्न तयार हुनेछन् ।
इण्डियन स्कुल अफ हस्पिटालिटीले गुरुग्राम (दिल्ली एनसीआर)मा देशकै उत्कृष्ट क्याम्पस सञ्चालन गरेको छ र यसलाई उद्योग तथा सम्बन्धित साझेदारहरुबाट होटल व्यवस्थापन र पाककलाका निम्ति सन्दर्भ विद्यालयका रुपमा लिने गरिएको छ ।
स्नातक र स्नातकोत्तर लेभलमा डिग्री, डिप्लोमा र प्रमाणपत्र कार्यक्रमहरुको समेत आह्वान गरेको सो कम्पनीले आफ्ना विद्यार्थीहरुलाई सेमेस्टरहरु बाहिर देशमा पढ्ने अवसर प्रदान गर्न, भारतमा पढाइ सुरु गरेर संजालकै अन्य संस्थाहरुमा सम्पन्न गर्न, एमबीए लगायत नयाँ शैक्षिक कार्यक्रमहरु लेस, रोचेस, स्विजरल्याण्डमा भर्ना गर्ने लगायतका कार्यक्रमहरु पनि ल्याएको छ ।
आइएसएचका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दिलिप पुरीले भने“हाम्रो सोच भनेको सधैं विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय पाठ्यक्रम र शिक्षाशास्त्र अनुसार उत्कृष्ट गुणस्तरको शिक्षा, विश्वस्तरीय प्रविधि र पूर्वाधारका साथै नामी प्राज्ञिक अध्यापक र शोधकर्ताहरु प्रदान गर्ने हो । सोम्मेट एजुकेसनसँगको सहकार्यले हामीलाई हामीले प्रदान गर्ने कुराका निम्ति बलियो बनाउँछ, हाम्रो उपस्थितिलाई भारतभरी मात्र नभएर छिमेकी देशहरुमा समेत विस्तार गर्न मद्दत गर्दछ, र आठ देशका अठार क्याम्पस र साठी हजार प्रभावशाली पुर्व विद्यार्थी भएको सोम्मेटको प्रतिष्ठित संजालको एउटा हिस्सा बनाउँछ । हामी होटल व्यवस्थापन र पाककला शिक्षाका विश्वका दुई उत्कृष्ट ब्राण्डहरु भारतमा ल्याएर होटल उद्योगका आवश्यकताहरु पुरा गर्न अझ धेरै सक्षम हुनेछौँ ।”
सोम्मेट एजुकेसन र इण्डियन स्कुल अफ हस्पिटालिटी एकसाथ दुई ब्राण्डहरुको सशक्त विकास चाहेको उनले बताएका छन् ।
यस गठबन्धन सँगै, एकोल डुकास्सेले युवा विद्यार्थी र व्यवसायीहरु लक्षित कुलिनरी तथा पेस्ट्री कार्यक्रमहरु संचालन गर्नेछ । यसले भारतमा एकोल डुकास्सेको पदार्पण हुनेछ र यी दुई साझेदारहरुले यस क्षेत्रमा आउँदा तीन वर्षमा कुलिनरी स्कुलहरुको संजाल विकास गर्नेछन् ।


