काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेको चन्द्रागिरि केबलकार आज शनिबारदेखि सञ्चालनमा आउने भएको छ । शनिबारदेखि नियमित रुपमा केबलकार सञ्चालन गर्न लागेको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिएका छन् ।
काठमाडौं । बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको पहिलो महिनामा २ अर्ब ७४ करोड बीमालेख बिक्री गरेका छन् । बीमा समितिले बिहिबार सार्वजनिक गरेको बीमा क्षेत्रको विवरणमा चालू आर्थिक वर्षको पहिलो महिना साउनमा २ अर्ब ७४ करोड बीमालेख बिक्री गरेका हुन् ।
काठमाडाैं । अर्घाखाँची सिमेन्ट लिमिटेडद्वारा उत्पादित अर्घाखाँची ओपीसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई आज ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
काठमाडौँ । औषधि उद्योगीहरू नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सरकारी नीति तथा कानूनमा परिमार्जनका साथ सोही अनुसार अनुुकुल बातावरण बनाउनुपर्ने बताएका छन् ।