काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्स्फर, चट्ट कार’ उपहार योजनाका बिजेतालाई गाडी हस्तान्तरण गरिएको छ ।
काठमाडौ । दराजले ग्राहकहरुको लागी अनलाइन शपिङलाई सहज बनाउन आइएमई पेसँग साझेदारी गरेको छ । दराजले देशका बिभिन्न भागहरुमा आइएमई पेसँग साझेदारीमा नयाँ ड्रप अफ पोइन्ट्सहरुको घोषणा गरेको हो ।
काठमाडौं । चर्चित अभिनेत्री करिश्मा मानन्धर व्यवसायिक क्षेत्रमा इन्ट्री गरेकी छिन् । करिश्माले इन्टेक्स ब्रान्डका इलेक्ट्रोनिक्स सामान नेपाली बजारमा भित्र्याएर व्यवसायिक यात्रा तय गरेकी हुन् ।
काठमाडौं । निर्माणजन्य सामग्री उत्पादन गर्ने कम्पनी पायोनियर एसियन कंक्रिटोले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिन्ह ‘एनएस’ पाएको छ । यस्ता सामग्री उत्पादन गर्ने उद्योगमध्ये एनएस पाउने एसियन कंक्रिटो पहिलो हो ।
काठमाडौं । महिला उद्यमी महासंघ नेपालले यही भाद्र १६ गतेदेखि २१ गतेसम्म ५ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको छ । विश्वभर महामारीको रुपमा फैलिइरहको कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै यो मेला भर्चुअल माध्यमबाट हुने भएको छ ।
काठमाडौं । नेपाली उत्पादनको प्रबर्द्धन गर्ने लक्ष्यसहित स्थापना भएको रोलिङ बजारले ललितपुरको कुपण्डोलमा पहिलो आउटलेट खोलेको छ । आउटलेटमा तरकारी, लोकल फलफुल, लोकल चामल, दाल, मसला, तेल, मकैको च्याक्ला, सातु पाइने बजारले बताएको छ ।