काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को ११ औं स्थापना दिवस सम्पन्न भएको छ । सो अवसरमा बोल्ने वक्ताहरुले सहकारी र सञ्चारको सहकार्यमा रचनात्मक काम गर्न सकिने बताए ।
काठमाडौं । युरोपियन तथा भारतीय मापदण्ड अनुसार निर्माणजन्य सामग्री उत्पादन गर्दै आइरहेको एसियन कंक्रिटोले अबदेखि नेपाल गुणस्तर मापदण्ड अनुसार पनि उत्पादन सुरु गरेको छ ।
काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेको चन्द्रागिरि केबलकार आज शनिबारदेखि सञ्चालनमा आउने भएको छ । शनिबारदेखि नियमित रुपमा केबलकार सञ्चालन गर्न लागेको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिएका छन् ।
काठमाडौं । बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको पहिलो महिनामा २ अर्ब ७४ करोड बीमालेख बिक्री गरेका छन् । बीमा समितिले बिहिबार सार्वजनिक गरेको बीमा क्षेत्रको विवरणमा चालू आर्थिक वर्षको पहिलो महिना साउनमा २ अर्ब ७४ करोड बीमालेख बिक्री गरेका हुन् ।
काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी पाँचौँ वर्षमा प्रवेश गरेको छ । २०७४ साल भदौ १५ गतेदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेको यस कम्पनी आजदेखि ४ वर्ष पुरागरि ५ औँ वर्षमा प्रवेश गरेको हो ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो ९६ औं शाखा चितवनको भरतपुरस्थित हाकिम चोकमा संचालनमा ल्याएको छ । बैंकले बिहीबार उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका अन्य मापदण्डको समेत पालना गर्दै एकसाथ आफ्ना ९६ शाखा कार्यालयमार्फत घरदैलो कार्यक्रम संचालन गरेको छ ।