नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघद्वारा नवनिर्वाचित आइक्यान पार्सदलाई सम्मान |
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ द्वारा नवनिर्वाचित आइक्यान पार्सदहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ । सम्मान कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका पुर्ब अध्यक्ष, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पुर्व अध्यक्ष, नेपाल अडिटर एसोसियसनका अध्यक्ष, लेखामान बोर्डका अध्यक्ष, लेखापरीक्षक बोर्डका अध्यक्ष, पार्सद, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका कार्यसमिति सदस्य, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका सदस्य, नेपाल अडिटर एसोसियसन सदस्य लगायत चार्टर्ड एकाउन्टेन्टेस् क्षेत्र सम्बद्ध व्याक्तिहरुको उपस्थीति रहेको थियो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नवनिर्वाचित पार्सदहरुलाई तथा संविधान दिवस २०७८ को अवसरमा सम्माननीय राष्ट्रपति ज्यूबाट विभुषण प्राप्त गर्ने संघका सदस्यहरुलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले सम्मान पत्र तथा खादा ओढाएर सम्मान गरेका थिए ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका महासचिव तेज प्रसाद सूवेदीले गरे । साथै उपस्थीत सबैलाई धन्यवाद ज्ञापन गर्दै संघका उपाधक्ष्य रमेश कुमार धितालले कार्यक्रमको समापन गरेका थिए ।


