काठमाडौं । एनएमबि बैंक सिंगापुरको एशियन बैंकिङ्ग एन्ड फाइनान्स पत्रिकाले पुरस्कृत गर्ने कर्पोरेट एन्ड इन्भेस्टमेन्ट बैंकिङ्ग अवार्ड अन्तर्गत ‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधिबाट सम्मानित भएको छ ।
काठमाडौं । नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंकबीच आइतबार आनका सदस्य एजेन्सीहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्वन्धमा सम्झौता भएको छ ।
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भावनात्मक साथै जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । चाडबाड आए लगत्तै भेटघाट खानपीन गरेर रमाइलो गर्ने चलन चल्दै आएको भएता पनि अहिलेको परिस्थिती अनुकुल रहेको भिडियोले सन्देश दिएको छ ।
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–७ बसुन्धारा चौकी नजिक अन्नपूर्णा स्टोर्स प्रालि (मार्ट) ले सुपथ मूल्यमा दैनिक उपभोग्य खाद्य र ग्रोसरी सामाग्रीको बिक्री सेवा शुभारम्भ गरेको छ ।
इटहरी । अन्तर्राष्ट्रिय फूड चेन केएफसीले प्रदेश १ मा पहिलो शाखा विस्तार गरेको छ । कम्पनीले प्रदेशमा पहिलो र देशभरमा आफ्नो ११ औं शाखा इटहरी उपमहानगरपालिका वडा नं. १६ लविपुरस्थित भाटभटेनी सुपर मार्केटको प्राङ्गणमा शाखा विस्तार गरेको हो ।
इटहरी । भाटभटेनीले सुनसरीको इटहरीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले देशभर आफ्नो स्टोर विस्तार गर्ने क्रममा इटहरीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिक प्रालिसँग मंगलबार एक सम्झौता गरेको छ ।