काठमाडौं । हवाई टिकट मात्र १ रुपैयाँमा खरिद गर्न सकिने भएको छ । खल्ती डिजिटल वालेटले जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र १ रुपैयाँमा टिकट खरिद गर्न सकिने आकर्षक अफर ल्याएको छ ।
काठमाडौं । दराजले इन–एप सुविधा ‘दराज जेम्स’ लन्च गरेको घोषणा गरेको छ । यो नयाँ सुविधा मार्फत ग्राहकहरुले हरेक दिन दराज एपबाट सामान खरिद गर्दा भउचर पाउने छन् ।
काठमाडौं । खल्तीले जेएएलटीएएनसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षाको आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ । यस पश्चात परीक्षाको फारम भुक्तानी मात्र खल्तीबाट गर्न सकिने छ ।
काठमाडौं । नेपाल महिला उद्यमी महासंघको आयोजनामा गरेको पाँचौं अन्तर्राष्ट्रिय भर्चुअल व्यापार मेला सम्पन्न भएको छ । महासंघले ‘सहकार्य गरौं, सफल बनौँ’ भन्ने नाराका साथ यो वर्षको मेला आयोजना गरेको थियो ।
काठमाडौं । डिजिटल कार्गो सेवा प्रदायक ‘उपाय सिटी कार्गो’ ले युकेएडको स्किल्स फर एम्प्लोयएमेन्ट प्रोग्राम–सीपको साझेदारीमा काठमाडौं उपत्यकामा बाइक (दुई पाङ्ग्रे सवारी) मार्फत कार्गो ढुवानी सेवा सुरु गरेको छ ।
काठमाडौं । कोजेन्ट हेल्थले भक्तपुर अस्पताल र मेचीअञ्चल अस्पतालबाट बीमा व्यवस्थापन सूचना प्रणाली (आइएमआइएस) सँग एकीकृत स्वास्थ्य बीमा व्यवस्थापन प्रणालीको सुरूवात गरेको छ ।