स्प्राइटको प्रोमोशनल अभियान ː चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ |
काठमाडौं । स्प्राइटले स्क्रिन टाइम प्रमोशनल अभियान ‘चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ शुरु गरेको छ ।
अभियान अन्तर्गत उपभोक्ताहरूले एउटा बजाज पल्सर १२५ सीसी, एउटा सामसङ ४३ इन्चको टेलिभिजन र ५ वटा सामसङ एफ २२ मोबाइल हरेक हप्ता जित्ने मौका पाउँने कम्पनीले जनाएको छ । त्यसैगरी, दैनिक लक्की ड्र अन्तर्गत ५ जना भाग्यशाली सहभागीहरुले हरेक दिन एउटा सामसङ मोबाइल एफ २२ जित्ने मौका पाउँनेछन् ।
यो अफरमा सहभागी हुनको उपभोक्ताहरूले लेबलमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ वा सीधै स्प्राइटको साइटमा लगइन गर्नुपर्नेछ । त्यसपछि उनीहरुले आफ्नो मोबाइल नम्बर सहित लेबल पछाडि रहेको सिरियल नम्बरलाई इन्टर गर्नुपर्नेछ ।
वैकल्पिक रूपमा, सहभागीहरुले आफ्नो पूरा नाम सहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरलाई एसएमएस गर्न सक्नेछन् । यो योजना कार्तिक १८ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।



