काठमाडौं । रसुवामा स्याफ्रुबेसीमा रहेको ‘लाङटाङ खोला जलविद्युत आयोजना’ को फाइनान्सियल क्लोजर सम्पन्न भएको छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाईमा सिद्धार्थ बैंक तथा एनसीसी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्वारा करीब ३ अर्ब लगानी गर्ने सम्झौता भएको छ ।
काठमाडौं। कोका कोलाले नयाँ दशैं अभियान ल्याएको छ। यस अभियान अन्तर्गत कोकाकोलाले कोरोना महामारीको चुनौतीपूर्ण समयमा सकारात्मक प्रभाव पार्ने व्यक्तिहरुलाई “धन्याबाद” लेबल गरिएका कोकको बोतलहरु बाँड्न प्रोत्साहित गरेको कम्पनीले जनाएको छ।
काठमाडौं । नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक–ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ ।
विराटनगर । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले सुरु गरेको ‘मेरो देश, मेरै उत्पादन’को निमोनिक लोगो फ्रेम र प्रतिवद्धता पत्र बुधबार संयुक्त रुपमा शीतल निवास पुगी राष्ट्रपतिलाई हस्तान्तरण गरेका छन् ।