बैंक अफ काठमाण्डू र नेपाल पेमेन्ट सोलुसन्सबिच गुणस्तरिय डिजिटल सेवाको लागि सम्झौता |
काठमाडौं । बैंक अफ काठमाण्डूले नेपाल पेमेन्ट सोलुसन्ससंग सहकार्यको लागि सम्झौता गरेको छ । यस सम्झौता अनुसार बैंक अफ काठमाण्डूका ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सबाट उपलब्ध हुने सेवाहरु रकम स्थानान्तरण, वालेटहरुमा रकमान्तर तथा अन्य थुप्रै सेवा तथा सुबिधाहरु पाउन सकिनेछ ।
आफ्ना ग्राहकहरुलाई समयसापेक्ष गुणस्तरिय डिजिटल सेवालाई अझै विस्तारित गर्न बैंकले साे सम्झाैता गरेकाे बताएकाे छ । यस बैंकले उक्त सम्झौतामा बैंकको तर्फबाट अमर राजभण्डारी र दिलन शाक्य तथा नेपाल पेमेन्ट सोलुसन्सको तर्फबाट प्रताप श्रेष्ठ र सिमन श्रेष्ठले एक समारोहको बिच हस्ताक्षर गरेका हुन् ।
नेपाल पेमेन्ट सोलुसन एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकाशं बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ ।
बैंकले ९१ शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टर रहेको छ ।


