काठमाडौं । नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक–ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ ।
विराटनगर । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले सुरु गरेको ‘मेरो देश, मेरै उत्पादन’को निमोनिक लोगो फ्रेम र प्रतिवद्धता पत्र बुधबार संयुक्त रुपमा शीतल निवास पुगी राष्ट्रपतिलाई हस्तान्तरण गरेका छन् ।
काठमाडौं । नेपाली ब्रान्ड गोल्डस्टार फुटवेयरको बजार अब कतारमा पनि विस्तार हुने भएको छ । गोल्डस्टारले कतारमा आफ्नो ब्रान्डको बिक्री शुरु गर्न लागेको जनाएको हो ।
काठमाडौं । बिमाको दायरा बढ्दै गएको छ । चालु आवको दुई महिनामा बिमाको दायरा सवा २ प्रतिशतले बढेको छ । चालु आवको भाद्र मसान्तसम्म पुग्दा बिमाको दायरा बढेर कुल जनसंख्याको २७.५२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको भाद्रसम्मको बिमा कुल जनसंख्याको २५.१९ प्रतिशतमा सीमित थियो ।
काठमाडौं । सनराइज बैंकले दरबार हाई स्कुलको डिजिटल शिक्षाका लागि आर्थिक सहयोग गरेको छ । बैंकले १४औं वार्षिकोत्सवको अवसर पारेर जोन्ता क्लब काठमाडौं मार्फत स्कुललाई आर्थिक सहयोग गरेको हो ।