काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालन आम्दानी २४.९६ प्रतिशतले घटेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेका वित्तीय विवरण अनुसार खुद संचालन आम्दानी अघिल्लो वर्षको तुलनामा २४.९६ प्रतिशतले ह्रास आई २४ अर्ब ७३ करोड ७ लाख २७ हजार रुपैयाँ कायम भएको छ ।