बैंक अफ काठमाण्डूका ग्राहकलाई बीमा दाबी रकम भुक्तानी |
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले दुर्घटनाजन्य पूर्ण अशक्ततावापतको बीमा रकम भुक्तानी गरेको छ ।
बैंकले बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आइरहेका गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्तता वापत रु. पाँच लाखको बीमा दाबी रकम हस्तान्तरण गरेकोे हो ।
उक्त खातावाहक खत्रीको दुर्घटनामा परी पूर्ण रुपमा अशक्त भएकाले बैंकले बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग समन्वय गरी रकम हस्तान्तरण गरेको हो ।
बैंकको लुम्बिनी प्रदेशको नेपालगंज प्रादेशिक कार्यालयका प्रमुख गणेश खत्रीले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक गोपाल खत्रीलाई हस्तान्तरण गरे ।
बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८२ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।


