काठमाडौं । सबै स्थानीय तहमा वाणिज्य बैंकको कम्तीमा एक शाखा विस्तार गर्ने नेपाल राष्ट्र बैंकको नीति बमोजिम हाल प्रदेश नं ७ मा रहेका ८८ वटा स्थानीय तह मध्ये ८७ वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । तर, बझाङ जिल्लाको साईपाल गाउँपालिकामा हालसम्म वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन ।