काठमाडौं । शिवम् सिमेन्टले पोखरासहित गण्डकी प्रदेशका विभिन्न १० स्थानमा ५ सय बढी निर्माणकर्मीहरुसँग अन्तरक्रियाका साथै उनीहरुको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको छ ।
रुपन्देही । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका– ३, ढक्दैमा मङ्गलम पाइप्स एन्ड फिटिङ्सको नयाँ कारखाना स्थापनाको काम अन्तिम चरणमा पुगेको छ । उद्योगको बाहिरी निर्माण कार्य केही सम्पन्न हुन बाँकी रहे पनि उत्पादन भने सुरु भइसकेको छ ।
काठमाडौं । नयाँ प्याकेजिङको आकर्षक स्वरूपले रम पारखीहरूको ध्यान तान्न थालेको खुकुरी रमले दाबी गरेको छ । ६२ वर्षयता उत्पादन भइरहेको खुकुरी रमका उपभोक्ताले अन्तरराष्ट्रिय स्तरको स्वरूपमा तयार भएको नयाँ प्याकेजिङको विषयमा उत्साहजनक प्रतिक्रियाहरू दिइरहेको पनि उत्पादक कम्पनीले जनाएको छ ।
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले देशभर राष्ट्रिय बीमा जागरण अभियान चलाउने भएको छ । सोही योजना अन्तर्गत कम्पनीले हालैमात्र सर्लाहीको बर्दिवास,जनकपुर,लाहान र गाईघाटमा युवा लक्षित महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले हेलिकप्टरबाट बिरामीको उद्धार (हेलि रेस्क्यू) सेवा वृद्धि गरेको छ । विशेषज्ञ चिकित्सक र अनुभवी स्वास्थ्यकर्मीहरूको टीम र भेन्टिलेटर तथा अत्याधुनिक उपकरणसहितको हेलिकप्टरबाट बिरामीहरूको उद्धार (रेस्क्यू) मा नर्भिक आक्रामक बनेको हो ।
काठमाडौँ । एनएमबि बैंकले “दि बैंक अफ दि इयर एशिया २०२१” हात पारेको छ। बेलायतको लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले उक्त पुरस्कार एनएमबि बैंकलाई दिने निर्णय गरेको हो।
काठमाडौं । लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटकोे “स्क्रिन टाइम प्रमोशनल अभियान” अन्तर्गत “चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ” शीर्षकको क्याम्पेनको समापन भएको छ ।