लस्कर फुड्सले ल्यायो आकर्षक ‘कोर्पोरेट लन्च अफर’ |
काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक ’कोर्पोरेट लन्च अफर’ ल्याएको छ। लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो।
ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर÷कार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ। लस्कर फुड्सले हाइजेनिक किचेनको अवधारणालाई अघि सारेर कोर्पोरेट लन्च अफर ल्याएको हो।
काठमाडौं उपत्यकाका कार्यालय अफिसलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन वस्तीले बताए।
लस्कर फुडसले यस अफरसँगै अरु विभिन्न अफर समेत ल्याएको छ। लस्कर फुड्सको प्रमुख आकर्षण नै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरघर अफिसमै उपलब्ध गराउने लक्ष्य रहेको छ।
तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नु नै लस्कर फुड्सको प्रमुख उद्देश्य हो। काठमाडौं उपत्यकाबासी व्यस्त हुने र अनलाइन इ–कमर्स, फुड डेलिभरीप्रति आम नागरिकहरुको आकर्षण बढ्दै गएपछि लस्कर फुडसले कोर्पोरेट लन्च अफर अघि सारेको हो।
बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तिनीहरुभन्दा भिन्न रहेको लस्कर फुडसका प्रमुख कार्यकरी अधिकृत ओस्तीको दाबी छ।
प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने ब्यबस्था रहेको छ । ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैँ फोन गरेर ९८८६५३८२६०, ९८२४११६९२६ सेवाको बारेमा बुज्न सकिने कम्पनीका निर्देशक समीर चौलागाईंले बताए।



