काठमाडौं । नेपाल, कतार अमेरिकाका कम्पनीबीच आपसी साझेदारीमा निर्माण तथा रियल स्टेट व्यवसाय क्षेत्रमा काम गर्ने सम्झौता भएको छ । नेपालको एसवन ग्रुप अफ कम्पनी, कतारको एस वीजी कन्ट्राक्टिङ संघबीच सहकार्यको सम्झौता भएको हो ।
काठमाडौं । नौ जना युवाहरुको समूहले ग्लोबल ग्रुप एण्ड कम्पनी सञ्चालनमा ल्याएका छन् । युवाहरुले करिब एक करोड रुपैयाँको लगानीमा ग्लोबल ग्रुप एण्ड कम्पनी सञ्चालनमा ल्याएका हुन् ।
काठमाडौं । लुम्बिनी विकास बैंकले पाँच नयाँ शाखा कार्यालयहरू एकैसाथ उद्घाटन गरेको छ । बैंकिङ्ग सेवा विस्तार क्रममा आज (मंसिर १९ गते) काठमाडौं, रूपन्देही, नवलपरासी, दाङ र बाँकेमा एकैसाथ नयाँ शाखा खोलिएको सो बैंकले जानकारी दिएको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरतादेखि औषधोपचार तथा जीविकोपार्जनसम्ममा सहयोग गरेको छ । बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार परासीको भूमहीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।
काठमाडौं । ज्योति विकास बैंकले प्रिपेड डलर कार्ड सेवाको सुरुवात गरेको छ । विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने गरी बैंकले पहिलो पटक प्रिपेड डलर कार्डको शुभारम्भ गरेको हो ।
काठमाडौं । नबिल बैंकले कालीकोटको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँच समझदारी समेत गरेको छ ।
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्ड बिच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले च्याटबोट नयाँ स्वरूपमा लिएर आएको छ । आईएमई लाइफ डाइरेक्टरको नामबाट नयाँ स्वरूपमा आएको च्याटबोटले ग्राहक, अभिकर्ता तथा सर्वसाधारणलाई थप गुणस्तरीय सेवा दिने कम्पनीले दाबी गरेको छ ।