काठमाडौं । विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) को नयाँ प्रतिवेदनले आफ्नो ‘रि–सोर्स प्लास्टिक’ कार्यक्रमको मुख्य सदस्यहरु– दि कोका–कोला कम्पनी, केउरिग डा. पेपर, म्याकडोनाल्ड्स कर्पोरेशन, पी एन्ड जी र स्टारबक्सले २०१८ र २०२० को बीचमा आफ्नो प्लास्टिक प्रयोगमा ५७% कटौती गरेको जनाएको छ ।