काठमाडौँ । फोनपे पेमेन्ट सर्विसको नेटवर्कमा कुमारी बैंकको मोबाईल एप्स् मार्फत किस्ताबन्दीमा रकम तिर्न सकिने भएको छ । एफवानसफ्ट, फोनपे र कुमारी बैकको सहकार्यमा कुमारी बैंकका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको हो ।
काठमाडौं । नवलपुरको कावासोतीस्थित श्री शिव नमूना माविमा अध्ययनरत जेहेन्दार र निम्न वर्गका विद्यार्थीहरूले हिमालयन बैंकको स्थानीय शाखाबाट छात्रवृत्ति तथा स्टेशनरी सहयोग प्राप्त गरेका छन् ।
काठमाडौं । सिटिजन्स बैंक र ऐना युनिसेक्स सैलूनबीच सहकार्य गर्ने सम्झौता भएको छ । दुई कम्पनीले सिटिजन्स बैंकका कार्डबाहकलाई सैलुनमा छुट दिएर सहकार्य गर्ने समझौता गरेका हुन् ।
काठमाडौं । मनकामना केबलकार मर्मत/सम्भार गर्न लागि चार दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले आइतबारदेखि चार दिनलाई केबलकार सेवा बन्द गर्न लागेको हो । यो अवधिमा रेष्टुरेन्ट र बटम स्टेसनको सेवा भने जारी रहनेछ ।
काठमाडौं । २०७७ भदौ ३० गते पहिलो आउटलेट खोलेर सुरु भएको नेपालकै फास्टेस्ट ग्रोइङ रिटेल चेन साथीमार्टको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल नियुक्त भएका छन् । बिहिबार राजधानीना आयोजित एक कार्यक्रममा हमालले मार्टसँगको अवद्दतामा हस्ताक्षर गरेका हुन् ।
विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा उद्योग व्यवसाय क्षेत्रको उत्पादकत्व अभिवृद्धिका साथै सुमधुर औद्योगिक श्रम सम्वन्ध विकासलाई दृष्टिगत गरी मानव संशाधन तथा औद्योगिक सम्वन्ध विकासका सन्दर्भमा २०७८ मंसिर २९ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौ । नागरिक लगानी कोष र अन्नपुर्ण न्यूरो अस्पताल बिच सम्झौता भएको छ । नागरिक लगानी कोष र अन्नपुर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्स बीच बिहीबार कोषका सहभागीहरुलाई छुट दिने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
काठमाडौं । चालु आर्थिक बर्षको ४ महिना अर्थात गत साउनदेखि कात्तिक मसान्तसम्म अनलाईनमार्फत बस्तु खरिदमा मात्रै १ अर्ब ७३ करोड रुपैयाँ बढिको भुक्तानी भएको छ ।
काठमाडौं । भारतको बहुचर्चित कलिंग लिटररी फेस्टिबलमा नेपालका चर्चित कवि वसन्त चौधरीको कृतिले ‘पोएट्री बुक अफ दी इयर’ अवार्ड पाएको छ । वर्ष २०२०–२१ का लागि ‘केएलएफ पोएट्री बुक अफ दी इयर’को अवार्ड चौधरीको हिन्दी कविता संग्रह ‘अनेक पल औ मैं’ ले पाएको हो ।
काठमाडौं । सिटिजन्स बैंकले ग्राहकहरूलाई छिटोछरितो, झन्झटमुक्त र विशिष्टिकृत सेवाहरू प्रदान गर्ने उद्देश्यले लुम्बिनी प्रदेशको कालिकानगर, प्रदेश १ को विराटनगर र विर्तामोड शाखामा र प्रदेश २ को राजविराज शाखामा थप प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।